पोखरा कलेज अफ म्यानेजमेन्टमा विद्यार्थीहरुको विदाइ कार्यक्रम
पाेखरा | मंसिर ११, २०८२
पोखरा: पोखरा कलेज अफ म्यानेजमेन्ट(पिसिएम)ले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुलाई एक कार्यक्रमका वीच विदाइ गरेको छ । कलेजले विहिबार कार्यक्रम आयोजना गरि विद्यार्थीहरुलाई मायाको चिनोसहित विदाइ गरेको हो ।
कार्यक्रमको आयोजना कलेजका स्नातक तह वर्ष २०२१ व्याजका विद्यार्थीहरुले गरेका हुन् । कार्यक्रममा स्नातक तह वर्ष २०२० व्याजका विद्याथीहरुलाई विदाइ गरिएको थियो ।
सो अवसरमा क्याम्पस प्रमूख लिना नेगी श्रेष्ठले पिसिएमले व्यवहारिक शिक्षामा जोड दिएको बताइन् । कक्षा कोठामा सिकेको कुरा व्यवहारिक जीवनमा लागु गरेर अगाडि बढ्न उनले विद्यार्थीहरुलाई आग्रह गरिन् ।
त्यसैगरी स्नातक तह अध्ययन पूरा गरेका विद्यार्थीहरुको तर्फबाट सम्राट गुरुङले कलेजमा रहँदाका मीठा पलहरु सँधै अविस्मरणीय रहिरहने बताए । कलेजसँगको सम्बन्ध आगामी दिनमा थप बलियो बनिरहने उनको भनाइ थियो ।
कार्यक्रममा विद्यार्थीहरुले हास्यव्यङ्ग्य, गायन र नृत्यसहितका विभिन्न सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । कलेजका विद्याथी निश्चल भण्डारीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको संचालन छात्राद्धय समीक्षा तिमिल्सिना र विनिसा गुरुङले गरेका थिए ।
विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बीएस्सीआईटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
पोखरा नदीपुरमा रहेको कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले वार्षिक कार्यक्रम अन्तर्गत पीसीएम फेष्ट, आइडिया पिच प्रतियोगिता, जब फेयर, पत्रकार सम्मेलन अभ्यास र शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका १४ व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले सरकारी कागजात सच्याएको तथा सार्वजनि...
काठमाडौं: नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकुल असर पर्ने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन चलिरहँदा खड्काले विज्ञप्ति ज...
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् । उत्तरतिर लस्करै ...

